इजरायली सेनाले जेनिनमा हमास प्रमुख विसाम खाजिमसहित तीन प्यालेस्टाइनीलाई मारेको दाबी गरेको छ। इजरायली सेनाले कब्जा गरेको वेस्ट ब्यांकमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायली सेनाको एक विज्ञप्तिमा भनिएको छ, ‘इजरायली सुरक्षा बलहरूले भिसाम खाजिमलाई भिडन्तमा मारेका छन्। त्यतिबेला उनी कारमा थिए। यसपछि भाग्न खोजिरहेका थप दुई आतंककारी हवाई हमलामा मारिएका थिए।‘ प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जेनिनको दक्षिणपूर्वमा रहेको जबादेह सहरमा गएराति तीन जनाको मृत्यु भएको जनाएको छ। प्यालेस्टिनी मिडियाले रिपोर्ट गरेअनुसार इजरायली सेनाले शहरमा पूर्वाधार र शरणार्थीहरू बस्ने भवनहरूमा ठूलो क्षति पुर्याएपछि तुलकर्मबाट पछि हटेको छ। इजरायलले वेस्ट ब्यांकका चार शहर तुल्कार्म, जेनिन, टुबास र नाब्लसमा सैन्य कारबाही गरेको छ। उसले आतंकवाद विरोधी अभियान चलाइरहेको दाबी गरेको छ। विगत २० वर्षमा वेस्ट ब्यांकमा इजरायलको यो सबैभन्दा ठूलो अपरेशन भएको मानिन्छ।








