फुलबारी: पुलिस दिवसको अवसरमा सिलगढी महानगरीय पुलिस अन्तर्गत फुलबारी ट्राफिक आउट पोस्टमा रक्तदान शिविर सहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। यो रक्तदान शिविर सिलगढी तराई लायन्स ब्लड सेन्टरको सहकार्यमा आयोजना गरिएको हो, जहाँ पुलिस कर्मचारीसँगै आम मानिसले पनि रक्तदान गरेका थिए। यसका साथै पुलिसले बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो। साथै, हेल्मेट नलगाउनेलाई हेल्मेट र बालबालिकालाई स्कुल झोला हस्तान्तरण गरिएको थियो। यस कार्यक्रममा सिलगढी पुलिस आयुक्त सी सुधाकर, फुलबारी ट्राफिक चौकीका ओसी असित साहा र अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।









