सिलगढीमा चेस प्रतियोगिता आयोजना

234e0493-18ae-452f-b203-2d2bc0cab6d7-1024x768

सिलगढी: सिलगढी राउन्ड टेबल २२० (एसआरटी २२०) र सिलगढी लेडीज सर्कल १४० (एसएलसी १४०) को मित्तल गार्डेन, सिलगढीमा संयुक्त आयोजनामा ​​चेस प्रतियोगिता समपन्न गरियो।यस चेस प्रतियोगितामा विभिन्न विद्यालयका १३० भन्दा बढी विद्यार्थीहरुले सक्रिय रुपमा प्रतिस्पर्धा गरेका थिए। यो प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा रणनीतिक सोच र बौद्धिक विकासको प्रवर्द्धन गर्नु थियो भन्ने उल्लेखनीय छ। उक्त कार्यक्रममा बिजेताहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको समापन पुरस्कार वितरणको साथमा भएको थियो। यस सम्बन्धमा एसआरटी २२०का अध्यक्ष उत्सव मित्तल र एसएलसी १४० का अध्यक्ष चेरी अग्रवालले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने बताउनु भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement