भाषा संग्रामी तथा पूर्व सांसद आरबी राईलगायत अन्य भाषा संग्रामीहरूलाई सम्बर्द्धना

IMG-20240901-WA0250

दार्जीलिङ: नेपाली भाषा मान्यताको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नेहरूमध्ये एक भाषा संग्रामी एंव पूर्व सासंद आरबी राई लगायत अन्य भाषा संग्रामीहरूलाई आज दार्जिलिङमा सम्बर्ध्दना जनाइएको छ। आज दार्जिलिङमा ३३औं भाषा मान्यता दिवस पालन गर्दै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) का भ्रातृ सङ्गठघन गाणतान्त्रिक क्रान्तिकारी युवा अनि नारी मोर्चाद्वारा भाषा संग्रामी तथा पूर्व सांसद आरबी राईलगायत अन्य संग्रामीहरूलाई सम्बर्द्धना जनाएको छ। उक्त कार्यक्रममा साहित्यकार डा गोकुल सिन्हा, लिम्बुविद् धनहाङ सुब्बालगायत क्रामाकपा अध्यक्ष जेबी राई, महासचिव नोर्बु लामा अनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा महासचिव मिलन छेत्रीले अनिवार्य नेपाली भाषा प्रयोगबारे अनित थापाद्वारा जारी निर्देश स्वागतयोग्य बताउँदै बयानबाजीभन्दा कार्यरूपमा धेर जोर दिएर नेपाली भाषा प्रयोग गरिनुपर्छ भनी मांग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement