बागडोग्रा पुलिस स्टेशन द्वारा पुलिस दिवस पालन

Capture1

बागडोग्रा: हरेक वर्ष झैँ यस वर्ष पनि सिलगढी महानगरपालिकाको बागडोग्रा थानाले प्रहरी दिवस मनाएको छ। सिलगढी महानगरीय पुलिस ट्राफिक गार्डद्वारा आज एक सचेतना शिविरको आयोजना गरियो।शिविरमा सिलगढी महानगरीय प्रहरी आयुक्त सी सुधाकर, डीसीपी ट्राफिक विश्वचन्द ठाकुर लगायतको उपस्थिति रहेको थियो। शिविरमा क्षेत्रका बालबालिकाहरुको सहभागिता रहेको थियो। बालबालिकाहरुका लागि क्विज प्रतियोगिता आयोजना गरी बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो। वृक्षारोपण कार्यक्रम बाहेक बिरुवा समेत वितरण गरिएको थियो। साथै मोटरसाइकल चालकहरुलाई सचेतना गराउन विद्यालयका विद्यार्थीहरुलाई हेल्मेट र स्कुल झोला समेत वितरण गरिएको थियो। यस सम्बन्धमा डिसीपी ट्राफिक विश्वचन्द ठाकुरले बाल्यकालदेखि नै बालबालिकामा प्रहरीको डर जाग्ने गरेको बताए। जसका कारण पुलिस र सर्वसाधारणबीच दुरी कायम भएको छ। शान्तिसुरक्षा मात्र होइन कुनै पनि समस्यामा पुलिस सर्वसाधारण जनताको सेवामा सदैव तत्पर छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement