आरजी कर घटनाको विरोधमा नक्सलबारीमा तृणमूलको धरना प्रदर्शन

5340cf86-8145-4787-b0e2-49671e320504-1024x576

सिलगढ़ी: कोलकाता आर.जी. कर मेडिकल कलेजमा महिला ट्रेनी डाक्टरसित भएको बलात्कार तथा हत्याको मामिलामा दोषीहरूलाई चाँड़ोभन्दा चाँड़ो सजाय दिनुपर्ने मागमा राज्य महिला तृणमूल कंग्रेसको आह्वानमा राज्यभरि नै धरना प्रदर्शन आयोजना भइरहेको छ। यसै क्रममा आज सिलगढ़ी महकुमाको नक्सलबाड़ीमा पनि तृणमूल कंग्रसले धरना प्रदर्शन गऱ्यो।
प्राप्त जानकारी अनुसार नक्सलबाड़ी ब्लक दुई नम्बर महिला तृणमूल कंग्रेसद्वारा पानीघट्टा मोड़मा कार्यक्रम आयोजना गरियो। नक्सलबाड़ी तृणमूल कंग्रेस महिला अध्यक्ष सजनी सुब्बा समेत सयकड़ौं महिलाहरू धरनामा सामेल भए। यस अवधि प्रदर्शनकारीहरूले आरजी कर मेडिकल कलेजको घटनालाई लिएर न्यायको माग गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement