ईभान फाउण्डेशनद्वारा खरसाङ महाविद्यालय क्षेत्रमा बिरुवा रोपनको कार्य सम्पन्न

IMG-20240901-WA0245

खरसाङ: ईभान फाउण्डेशन परिवारले विगतका वर्षहरु झैं यस वर्ष पनि खरसाङ कलेज नजिक रहेको जंगलमा ५० वटा बिरुवाहरु लगाउने काम गरेको छ। बिरुवा रोप्न शहीद ब्रिजेश थापालाई सम्झना गरेका छन्। कार्यक्रममा ग्राम सुधार समिति वार्ड नम्बर ७ का अध्यक्ष तथा भूतपूर्व फरेस्टका रेञ्जर अफिसर युएस तामाङले फाउण्डेशनलाई धन्यवाद दिँदै वृक्ष रोपणबारे जानकारी गराएका छन्। यस वृक्ष रोपण कार्यमा संस्थाका अन्य सदस्यहरूले उपस्थिति जनाएका थिए तथा ईभान फाउण्डेशनका अध्यक्ष प्रशान्त शर्माले उपस्थित सबैलाई धन्यवाद दिन्दै वृक्ष रोपणको महत्व विषयमा बुझाएका थिए।

स्मरण रहोस् ईभान फाउण्डेशनले धेरै वर्षदेखि समाज सेवा गर्दै आईरहेको युवाहरुको संस्था हो अनि यस संस्थाले सक्रिय रूपमा विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement