खरसाङमा भागोप्रमोको नारी शक्तिको सांगठनिक सभा सम्पन्न

IMG-20240901-WA0243

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी नारी शक्ति अनि महकुमा नारी शक्तिको तत्ववधानमा खरसाङस्थित पार्टी कार्यालयमा केन्द्रीय नारी शक्ति अध्यक्षा एंव खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानको विशेष उपस्थितिमा एक सांगठनिक सभा सम्पन्न भयो। खरसाङ टाउन कमिटी नारी शक्ति सभापति देवकी प्रधान सुब्बाको अध्यक्षता अनि कार्यवाहक सचिव डोल्मा जिम्बा (पूर्व वार्ड पार्षदिका)को सञ्चालनमा सम्पन्न सभामा नारी शक्ति महकुमा सभापति सबिता कार्की अनि सचिव जैतून निशा खातुनको विशेष उपस्थिति रहेको थियो। सभामा रोमा गुरुङलाई महकुमा नारी शक्तिको सचिव अनि प्रभा छेत्रीलाई सल्लाहकार नियुक्त गरियो। सभामा पारित प्रस्ताव अनुसार हरितालिका तिज पर्व सम्पूर्ण नारीहरू मिलेर “समाजमा नारीको स्वतन्त्रता र सुरक्षालाई थिम बनाएर आगामी ५ सेप्टेम्बर बिहिबारको दिन टाउन हल नयाँ बजारमा पालन गर्ने भएको छ। त्यसरी नै सभामा आगामी 9 सेप्टेम्बरको दिन मिरिकमा पालन गरिने पार्टीको स्थापना दिवसमा नारीहरुको ब्यापक सहभागिता विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। तेस्तै प्रकारले पार्टीको सांगठनिक गतिविधिमा नारी शक्तिको अहम भूमिका विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै नारी शक्ति खरसाङ महकुमा समितिको सभापति सबिता कार्की, सचिव जैतुन निशा खातुन र खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्षा देवकी प्रधान सुब्बाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement