खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा क्षेत्रीय सभासद नवराज छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा तीनधारे महानदी समष्टिभित्र पर्ने सबै आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूलाई लिएर समष्टी स्तरीय ‘हिल तराई आँगनवाडी कर्मी सहकर्मी औ आशाकर्मी संगठन’ गठन गरिएको छ। भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेको सभामा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य वाङ्दी लामाले राखेका थिए। सभामा पार्टीको सांगठनिक गतिविधि साथै आँगनवाडी कर्मीहरू र आशाकर्मीहरू विषयमा वक्तव्य राख्ने क्रममा जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूलाई लिएर एउटै संगठन बनाएका छौं भन्दै हामी सबैजना एउटै छत्रछाँया र एउटै बट वृक्षमा बस्नुपर्छ भनी बताएकी छन्। उनले भागोप्रमो पार्टीको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा नै आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूलाई लिएर एउटै संगठन बनाएर अघि बढिरहेको बताएकी छन्। उनले सबैलाई सांगठित रूपमा अघि बढ्ने सबैलाआ आह्वान् गरेका छन्। सभामा जीटीएको स्वास्थ्य विभागका एमओडी सभासद श्याम शेर्पाले सभालाई सम्बोधन गर्दै संगठित भएर अघि बढ्दा सबैलाई फाईदा हुन्छ भन्दै उनले जीटीए अस्थायी कर्मचारीहरू संगठित भएर अघि बढ्दा नौ फाईदा भएको उदाहरण पनि दिएका छन्। उनले आँगनबाड़ी र आशाकर्मीहरूलाई सम्बोधन गर्दै एक्लैले बोलेको कसैले नसुन्ला तर संगठनले बोलेको सबैले सुन्छ भनी बताएका छन्। सभासद श्याम शेर्पाले संगठित भएर अघि बढ्दा सबैलाई सहयोग हुन्छ भनी बताएका छन्। यसै क्रममा खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले आँगनवाडी कर्मीहरू र आशाकर्मीहरू सबै संगठित भएर अघि बढ्ने आह्वान् गरेकी छन्। उनले आगामी ५ सेप्टेम्बरको दिन खरसाङमा चेलीहरूले दर खाने दिन उक्त दिन सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको पर्यवेक्षक बिन्नी शर्मा र सभाध्यक्ष एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पनि वक्तव्य राखेका थिए। यसै सभामा तीनधारे महानदी समष्टि क्षेत्रमा पार्टीको सांगठनिक धरातललाई मजबुद बनाउन तीनधारे महानदी समष्टि स्तरीय आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूलाई लिएर तीनधारे महानदी समष्टि स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा युमी प्रधान (आशकर्मी), उप सभापति ललिता प्रधान (आँगनवाडी), सचिव कल्पना देवान (आँगनवाडी), सह सचिव सुष्मा प्रधान (आशकर्मी), कोषाध्यक्षा शर्मिला गुरुङ (आँगनवाडी), सह कोषाध्यक्षा मौसमी रसाईली (आशकर्मी), मुख्य सल्लाहकारमा कुसुम तामाङ (आशाकर्मी), अनिरा तामाङ ( आँगनवाडी) लगायत २२ जना कार्यकारिणी सदस्याहरू गरी जम्मा ३० जनाको कार्यकारिणी कमिटी गठन गरिएको छ। उक्त सभा साथै तीनधारे महानदी समष्टिको आँगनवाडी र आशाकर्मीहरूलाई लिएर गठन गरिएको नयाँ हिल तराई आँगनवाडी कर्मी सहकर्मी औ आशाकर्मी संगठन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कार्यकारी सभासद कल्पना प्रधानले तीनधारे महानदी समष्टीको आँगनबाड़ी कर्मीहरू र आशाकर्मीहरूलाई लिएर तीनधारे महानदी समष्टि स्तरीय नयाँ कमिटी गठन गरिएको जानकारी गराएका छन्। उनले उक्त नयाँ कमिटीको नाम हिल तराई आँगनवाडी कर्मी सहकर्मी औ आशाकर्मी संगठन रहेको बताउँदै यस संगठनमा आँगनवाडी र आशाकर्मीहरूलाई मिलाएर कमिटी गठन गरिएको साथै यसमा पदाधिकारीहरू र कार्यकारी सदस्यहरू २२ जना लगाएर जम्मा ३० जनाको कमिटी गठन गरिएको बताएका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा साथै समष्टी टके आँगनवाडी कर्मीहरू र आशाकर्मीहरूलाई लिएर समष्टी स्तरीय कमिटी गठन गरिएको जानकारी गराएका छन्। उनले भविष्यमा तीनधारे महानदी समष्टिको माध्यमिक शिक्षकहरू र प्राथमिक शिक्षकहरूलाई लिएर पनि भागोप्रमोको भातृ संगठन गठन गरिने जानकारी गराएका छन्। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामु, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, चारैवटा ग्राम पञ्चायतका पञ्चायत प्रधानहरू, उप प्रधानहरू, पञ्चायत समिति सदस्यहरू, पञ्चायत सदस्यहरू साथै भागोप्रमोको समष्टी स्तरीय र बुथ स्तरीय कमिटीको पदाधिकारीहरू उपस्थित रहेका थिए।
								



								

															
                    



