अन्तर कार्यालय फुटबल टुर्नामेन्ट: पुलिस र एएसआई स्कूल बिजयी

photocollage_202491185143283

खरसाङ: खरसाङ फुटबल एसोसिएसनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको खरसाङ महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल प्रतियोगिता २०२४ अन्तर्गत आज दुईवटा खेलहरू सम्पन्न भएको छ। आज भएको पहिलो खेलमा पुलिस दलले स्यटेलाइट जूलाई ० को विरुद्ध १ गोलले पराजित गरेको छ। पुलिस दलको पक्षबाट उजेन लेप्चाले एक गोल गरेका थिए जुन निर्णायक साबित भएको छ। आज भएको दोस्रो दोस्रो खेलमा एसआई स्कूलले हिमाली स्कूललाई ५ गोलको विरुद्ध ६ गोलले पराजित गरेको छ। एसआइ स्कूलका बिरेन्द्र राईले ५ गोल गरे।टका थिए।

बिजेता दलहरु क्वाटर फाइनलमा प्रवेश गरेका छन्। पराजित दलहरुलाई अतिथिहरूको बाहुलीबाट स्मृति चिन्ह पनि प्रदान गरियो। आजको खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रतिक गुरुङ, सहायकहरु सुरेन गुरुङ, प्रमोद प्रधान अनि फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement