बीस प्रतिशतभन्दा कम पूजा बोनस हामी स्वीकार्ने छैनौ: भरत तामाङ
दार्जिलिङ: बीस प्रतिशतभन्दा कम्ति पूजा बोनस स्वीकार नगर्ने हाम्रो हिल तराई डुर्वस चियाबारी श्रमिक संघले निर्णय लिएका छन्। आज दार्जिलिङमा हाम्रो पार्टीको केन्द्रीय कार्यलयमा हाम्रो हिल तराई डुर्वस चियाबारी श्रमिक संघ केन्द्रीय समितिको सभा सम्पन्न भयो। सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै अन्य नेतृत्वहरूमा वीपीछेत्री, राजु छेत्री, शारदा राई सुब्बा, रोशन लामा, जतन राई, प्रवक्ता भरत तामाङ लगायत अन्य केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय प्रवक्ता भरत तामाङले हरेक वर्ष चिया श्रमिकहरूलाई मालिक पक्षबाट प्रदान गरिने पूजा बोनस यसपटक बीस प्रतिशतभन्दा कम्ति स्वीकार नगर्ने निर्णय लिएको जनाएका छन्। उनले यस विषयमा भने, ‘यस पटकको पूजा बोनस मालिक पक्षले बीस प्रतिशतभन्दा कम्ति दिन्छ भने त्यसलाई हामी कदापी स्वीकार गर्ने छैनौं। यस पटकको पूजा बोनसको विषयमाथि मालिक पक्षले भोलि २ सेप्टेम्बर २०२४ को बैठक डाकेका छन् अनि उक्त पूजा बोनसको बैठकमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघलाई पनि निम्ताएका हुनाले हामी भोलि सोमबारको बैठकमा अवश्य अंश ग्रहण गर्नेछौं अनि पूजा बोनस सकरात्मक हुनेछ भन्ने विषयमाथि हामी आशावादी पनि छौं।’ बैठकमा मालिक पक्षले विभिन्न प्रकारको कमी, कमजोरी, नोक्सान देखाएर पूजा बोनस बीस प्रतिशतभन्दा कम्ति दिने कुराहरू राख्न सक्छ होला तर हामी कुनै पनि अवस्थामा वीस प्रतिशत भन्दा पूजा बोनस स्वीकार गर्ने छैनौं। यससँग सँगै बन्द चिया बगानहरूमा मालिकहरू नरहेको कारणले गर्दा ती बन्द चिया बगानको मालिकहरूलाई हामी पूजा बोनस मांग्न सक्दैनौं। गत कोरोना संक्रमणकालमा तत्कालीन जीटीएको चेयरम्यान एंव वर्तमान जीटीएको प्रमुख कार्यपाल अनित थापाको नेतृत्वमा जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गरिएको थियो। गत वर्ष जीटीए चेयरम्यान रिलिफ फण्डबाट बन्द चिया बगानहरूको श्रमिकहरूलाई आर्थिक सहयोग प्रदान गर्ने कार्य भएको थियो।जीटीए चेयरम्यान रिलिफ फण्डबाट प्रदान गरेर बाँचेका राशिमा जीटीए प्रमुख कार्यपालले आफ्नो पक्षबाट थप राशि प्रदान गरेर यस पटक पनि बन्द चिया बगानहरूको श्रमिकहरूलाई आर्थिक सहयोग गर्ने अनुरोध प्रवक्ता भरत तामाङले गरेका छन।

उनले भने, जति बेला तत्कालीन जीटीए चेयरम्यान अनि वर्तमान जीटीए प्रमुख कार्यपाल अनित थापाले जीटीए चेयरम्यान रिलिफ फण्डमा जति राशि जम्मा हुन्छ त्यति नै राशि जीटीएको पक्षबाट थाप्ने वाचा गरेका थिए। त्यही जीटीए चेयरम्यान रिलिफ फण्डबाट यस पटक पनि बन्द चिया बगानहरूमा आर्थिक सहयोग प्रदान गरी दिने हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय प्रवक्ता भरत तामाङले अनुरोध गरेका छन्।











