विधायक शिखा च्याटर्जीमाथि हमला भएको भन्दै विरोधमा एनजेपी पुलिस स्टेशन अगाडि भाजपाद्वारा  विरोध प्रदर्शन

IMG-20240901-WA0182

सिलगढी: भाजपाले विधायक शिखा च्याटर्जीमाथि हमलाको विरूद्ध आज एनजेपी पुलिस स्टेशन अगाडि विरोध प्रदर्शन गर्दै दोषीहरूलाई पक्राउ गर्न माग गर्‍यो। आरजी करको मुद्दालाई लिएर राज्यको राजनीतिमा गर्मिएको छ। घटना भएको २२ दिन बितिसक्दा पनि अहिलेसम्म सबै आरोपी पत्ता लाग्न सकेको छैन। तर, वास्तविक दोषीलाई कारबाही हुनुपर्ने भन्दै चिकित्सकसहित राज्यका आम जनता निरन्तर आन्दोलन गरिरहेका छन्। हरेक दिन राजनीतिक र गैरराजनीतिक रुपमा आन्दोलनहरु भइरहेका छन्। आरजी कर घटनाको विरोधमा २७ अगस्तको दिन विद्यार्थी समुदाय नवान्न अभियानमा सहभागी भएका थिए। सो अभियानका क्रममा पुलिस र आन्दोलनकारीबीच झडप भएको थियो। विद्यार्थीमाथि पुलिस हमलाको विरोधमा भाजपाले २८ अगस्तमा १२ घण्टा बन्दको आह्वान गरेको थियो। भाजपा कार्यकर्ता बन्दलाई सफल बनाउन व्यस्त रहे।

डबग्राम फुलबारी विधायक शिखा च्याटर्जी पनि सिलगढीमा बन्दको समर्थनमा सडकमा उत्रिए। एनजेपी क्षेत्रमा बन्दको प्रचार गरिरहेकी शिखा च्याटर्जीमाथि तृणमूल कार्यकर्ताले पुलिसको अगाडि आक्रमण गरेका थिए। जलपाईगढीका सांसद डा. जयन्त रायको कारमा पनि तृणमूल कार्यकर्ताले आक्रमण गरेका थिए। यस्ता घटनापछि पनि अपराधी पक्राउ परेका छन्। यसको विरोधमा भाजपाको मण्डल कमिटी नम्बर ६ ले आइतबार एनजेपी थानामा घेराव कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम विधायक शिखा च्याटर्जीको उपस्थितिमा भएको थियो। पुलिसले ठुलो पुलिस ब्यारिकेड लगाएको थियो। प्रदर्शनकारीले पुलिस चौकी प्रवेश गर्न खोज्दा पुलिसको अवरोधको सामना गर्नुपरेको थियो। त्यसपछि शिखा च्याटर्जीसहित सात सदस्यीय प्रतिनिधिमण्डल एनजेपी पुलिस चौकीमा पुगेर पुलिस चौकीका अधिकारीसमक्ष आफ्ना माग राखेको थियो। विधायक शिखा च्याटर्जीले भनिन्, ‘सबै घटनाहरू पुलिसको अगाडि घटेका छन्, तर अपराधीहरू पहुँच बाहिर छन्।‘ उनले सत्तारुढ दलको संरक्षणका कारण पुलिसले पक्राउ नगरेको बताइन्। उनले दुई दिनभित्र दोषीलाई कारबाही नभए आगामी दिनमा ठूलो आन्दोलन गर्ने चेतावनी दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement