पोखरामा तायमचा नृत्य प्रतियोगिता

IMG-20240901-WA0194

भद्रपुर: कास्की जिल्लाको पोखरामा लेखनाथ नेवा: खलको आह्वानमा गगन नेवा खल:द्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा: खल पोखरा-३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ। शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवा: खल पोखरा-३० दोस्रो, रुपा देउराली नेवा: खल तेस्रो तथा मिलीजुली नेवा: खल पोखरा-३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश: रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन नेवा: खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बने भने वेशभूषामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवा: खलकी सोनिसा श्रेष्ठ पुरस्कृत भएका छन्। प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए।
तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताए। प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिए ।
नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवा: खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुुपर्ने लगायतमा आ-आफ्ना धारणा राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement