देवकुमार खाती स्मृति नक्आउट फूटबलः रोमाञ्चक जीतको साथ समर्पण फाउण्डेशन सेमिफाइनलमा

IMG_20220820_190605.jpg

२० अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा समर्पण फाउण्डेशनले रोमाञ्चक जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आज भएको म्याचमा समर्पण फाउण्डेशनले एमटीवाईएस मंगरटोलालाई ४-३-ले पराजित गऱ्यो। म्याचमा २ गोल गर्ने विजेता टीमका अरुण तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement