रुबिनाले जितिन् काँस्य पदक

IMG-20240901-WA0107

पेरिस: पेरिस प्यारालम्पिकमा शनिवार भारतीय शूटर रुबिना फ्रान्सिसले महिलाहरूकी एयल पिस्टल (एसएच१) स्पर्धाको फाइनलमा काँस्य पदक जितिन्। रुबिनाले जम्मा २११.१ पोइण्ट्स हासिल गरी आठजना महिलाहरूकी फाइनलमा तेस्रो स्थान हासिल गरिन्। उनले क्वालीफिकेशन राउण्डमा सातौं स्थानमा रहेर फाइनलको निम्ति कालीफाई गरेकी थिइन्। पेरिस प्यारालम्पिकमा यो भारतको शूटिंगमा चौथो अनि समग्रमा पाँचौं पदक हो। शुक्रवार अवनि लेखराले महिलाहरूकी १० मीटर एयर राइफलमा स्वर्ण पदक सफलतापूर्वक बचाउँदै इतिहास रचेकी थिइन्। उनले टोक्यो प्यारालम्पिकमा स्वर्ण पदक जितेकी थिइन्। मोना अग्रवालले त्यही स्पर्धामा काँस्य पदक जितेकी थिइन्। मनीष नरवाललले पुरुषहरूका १० मीटर एयर पिल्टल (एसएच१)-मा रजत पदक जितेका थिए। एसएच१ वर्गमा ती शूटरहरूले हिस्सा लिन्छन् जसले कुनै असुविधा बिना पिस्टल सम्हालेर व्हीलचेयर या चेयरमा बसेर या उभिएर निशाना लगाउन सक्नेछन्। भारतीय शूटरहरूले पेरिसमा अझ केही पदक जित्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement