मिलिङमा ३१औं नेपाली भाषा मान्यता दिवस पालन समारोह

IMG_20220820_190248.jpg

सोनादा: सोनादा क्षेत्र अन्तर्गत स्थानीय मिलिङ रंगशाला भवनमा ३१औं नेपाली भाषा मान्यता दिवस भागोप्रमो रंगबूल धोतरिया जोनल नारी शक्तिद्वारा रूपमा पालन गरिएको छ। बिनिता थामीको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमलाई आरती थापाले सञ्चालन गरेका थिईन भने पेन्जोमा पाख्रीनले स्वागत सम्भाषण राखेकी थिइन।
आजको यस विशेष र महत्वपूर्ण कार्यक्रममा उपस्थित रहेका विशिष्ट अतिथि मनिराज खनालले भाषा दिवसको बारेमा सम्भाषण राख्दै नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गराउन धेरै संघर्ष गर्न परेको साथै भाषा आन्दोलनकारीहरू सँगसँगै तत्कालिन संघ संस्थाहरू जसले भाषालाई मान्यता दिन व्यापक योगदान दिइएको सक्षिंप्त इतिहास बताएका थिए। कार्यक्रमलाई सम्बोधनमा राख्दै रंगबुल रंगबूल उच्चतर माध्यमिक पाठशालाका शिक्षक शरण सुब्बाले भाषा मान्यता दिवसको अवसरमा आफूले भोगेको कुरा र अनुभवहरूलाई सविस्तार रूपमा मन्तव्य पेश गर्दै भाषा सम्बन्धी रोचक स्वरचित कविता वाचन गरेका थिए। मुख्य अतिथिको रूपमा धोतिरिया निवासी एंव देवराली प्रकाशनका सम्पादक बुद्ध संगम, मिलिङ निवासी नाटककार सदन गुरूङ ,समाजसेवक दिपक सुब्बा अनि रंगबूल क्षेत्र अन्तर्गत समस्त प्राथमिक पाठशालाका शिक्षक शिक्षिकागण लगायत भागोप्रमो रंगबूल धोतरिया जोनका सभापति जीवन प्रधान र सचिव पेमा लामा एंव अन्य भागोप्रमो पदाधिकारीहरूको उपस्थिति रहेका थिए। कार्यक्रममा प्रमुख रूपमा रगांरग बनाउन गोर्खा बस्तीका स साना नानीहरूद्वारा नेपाली नृत्य प्रस्तुत गरियो भने यसको सँगसगै आरवी अनि ससाना नानीहरू लगायत शबनम खातुनले नेपाली कविता वाचन गरे साथै दिव्य प्रधान दिपशिका तामाङ ,एञ्जिलिना राईद्वारा एकल नेपाली नृत्य प्रस्तुत गरिन् भने रीना मोक्तानद्वारा एकल गीत प्रस्तुत गरिन्। भाषा मान्यता दिवसको अवसरमा रंगबूल क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरू एंव माध्यमिक र उच्च माध्यमिक परीक्षामा मातृभाषा तथा नेपाली भाषामा सर्वोच्च अंक लिएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरियो। यसमा रंगबुल उच्च माध्यमिक विद्यालयका छात्रा सुनीता राईले २०२२ को उच्च माध्यमिक परीक्षामा नेपाली विषयमा सम्भवत राज्यमा नै सर्वोच्च अंक ९७ ल्याएवापत् उनलाई बधाई अनि शुभकामना व्यक्त गर्दै कार्यक्रममा अभिनन्दन जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement