बलासन: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४-मा शनिवारदेखि दोस्रो राउण्डको म्याचहरू शुरु भयो। आज २ वटा म्याच खेलियो। यी २ वटा म्याचमा जीत हासिल गरी दिपम सेवेन र चुंगथुंग गोल्डन ईगल्सले प्री-क्वार्टर फाइनलमा स्थान बनायो । दिनको पहिलो म्याचमा दिपम सेवेनले मनगजुंगको टीमलाई ५-३-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा चुंगथुंग गोल्डन ईगल्स-ले बदामतामलाई ३-१-ले पराजित गऱ्यो। यस सेवेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १९ अक्टोबरमा खेलिनेछ।