गान्तोक: पश्चिम सिक्किम अन्तर्गत सोरेङ जिल्लामा एउटी 9 वर्षीय नाबालिग छोरीमाथि आफ्नै सौतेनी बुबाले यौन दुर्व्यवहार गरेको घटना प्रकाशमा आएको छ। घटनाको सम्बन्धमा पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिस रिपोर्ट अनुसार, हिजो (शुक्रवार) पीड़ित नाबालिगले अस्पतालमा चिकित्सा अधिकारीलाई आफुमाथि यौन दुर्व्यवहार भएको खुलासा गरिन्। उनले आफ्नै सौतेनी बुबाले विभिन्न अवसरहरूमा तीन-चारपल्ट यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। घटनाको जानकारी चिकित्सा अधिकारीले पुलिसलाई दिए।
पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। आरोपी विरुद्ध पोक्सो अधिनियम, २०१२ अन्तर्गत मामिला दर्ता गरेर केरकार शुरू गरिएको छ।