गान्तोक: विद्युत विभागले आज पूर्व सिक्किमको सिरवानीस्थित दोचुम स्कूलमा ऊर्जा संरक्षण र स्मार्ट प्रिपेड मिटरसम्बन्धी सचेतना कार्यक्रम आयोजन गऱ्यो। बारम्बार बिजुलीको बिलमा देखापर्ने विभिन्न प्रकारको समस्यालाई केन्द्र गरे विभागले यस प्रकारको कार्यक्रकम सञ्चालनमा ल्याएको हो। कार्यक्रममा स्मार्ट मिटरले बिजुलीको बिलमा कुनै प्रकारको वृद्धि नदेखाउने अनि ऊर्जा संरक्षणमा मदत पुऱ्याउने जानकारी गराइएको थियो। कार्यक्रममा बोल्दै विभागका सचिव प्रभाकर वर्माले भारत सरकार र राज्य सरकारको निर्देशन अनुसार ऊर्जा विभागले स्मार्ट प्रिपेड मिटर जडानबारेमा सचेतना शिविरहरू आयोजना गरिरहेको बताए। उनले स्मार्ट प्रिपेड मिटरको कार्यप्रणाली, उपभोक्ताका लागि हुने सम्भावित बचत र विभिन्न फाइदाबारे पनि जानकारी दिए। वर्माले रिचार्जिङ प्रक्रियाबारेमा पनि जानकारी दिए। उनले मिटर जड़ान गर्दा सुरक्षा जाँचको महत्त्वमा जोड दिए र डिजिटलाइजेसनले उपभोक्ताहरूलाई झन्झटमुक्त पार्ने दाबी गरे। उनले ग्रामीण क्षेत्रका बासिन्दालाई एकसय यूनिट निःशुल्क उपलब्ध गराउने सरकारको योजनामाथि पनि प्रकास पारे। विभागका अधिकारी टीटी भोटियाले नयाँ स्मार्ट प्रिपेड मिटरहरू अप्नाउने आग्रह गर्दै विभागले लगातार यस प्रकारको जागरूकता कार्यक्रम गरिरहेको जानकारी दिए। उनले विद्युत आपूर्ति दर घटाउन राज्य सरकारको प्रयासमाथि पनि प्रकास पारेका थिए। कार्यक्रममा स्थानीय उपभोक्ताहरु, विभागका अदिकारी अनि कर्मचारीहरु र पञ्चायत प्रतिनिधिहरु उपस्थित थिए।