गान्तोक: विधायक साम्डुप छिरिङ भोटियाले आज राक्दोङ तिन्तेकको खण्ड प्रशासनिक केन्द्रमा आधार कार्यालय शाखाको उदघाटन गरे। उदघाटन कार्यक्रममा जिल्ला पञ्चायत, पञ्चायत सदस्य लगायत स्थानीयहरूको पनि उपस्थिति रहेको थियो। यस क्षेत्रमा आधार शाखा कार्यालयको उद्घाटनले स्थानीय जनतालाई आधार दर्ता, अद्यावधिक र सुधार लगायतका आवश्यक सेवाहरूमा सजिलो प्रदान गरेर धेरै फाइदा पुग्ने अपेक्षा गरिएको छ। यस प्रकारको पहलले ग्रामीण क्षेत्रहरूमा सार्वजनिक सेवा प्रवाह सुधार गर्न सरकारद्वारा शुरू गरिएको प्रयासहरूलाई साकार पार्न सक्ने अनुमान गरिएको छ। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै भोटियाले विभिन्न सरकारी सेवा र कल्याणकारी योजनाहरू सजिलोसँग पुऱ्याउन आधारको महत्त्वमाथि जोड दिए। उनले दुर्गम र ग्रामीण क्षेत्रका मानिसहरूले कुनै कठिनाई
बिना आफ्नो आधार कार्ड प्राप्त गर्न सक्ने सुनिश्चित गर्न सरकारको प्रतिबद्धताबारे जानकारी गराए।”सरकारको रूपमा, हाम्रो लक्ष्य भनेको सेवाहरू जनताको नजिक ल्याउनु हो। यो नयाँ आधार शाखा कार्यालयले त्यो लक्ष्यतर्फको एक पहल हो, राक्दोङ तिन्तेतका जनतालाई महत्त्वपूर्ण सेवाहरू सजिलो र प्रत्यक्ष पहुँच सुनिश्चित गर्ने” उद्देश्यले यस प्रकारको योजना शुरू गरिएको, मन्त्री भोटियाले जानकारी गराए। उद्घाटन पछि, विधायकले व्यक्तिगत रूपमा जनताका धेरै सदस्याहरूलाई नयाँ जारी गरिएको आधार कार्डहरू हस्तान्तरण गरे, नयाँ शाखामा सञ्चालनको शुरूवातको प्रतीक हो।