नाम्चीमा लागुऔषधविरोधी जनचेतना कार्यक्रम

IMG-20240831-WA0237

नाम्ची: नाम्चीकी जिल्लापाल अनुपा तामलिङको दिशा निर्देश र सामाजिक कल्याण विभागको पहलमा नशामुक्त भारत अभियान अन्तर्गत एक जीवन्त कार्यक्रम आयोजना गरियो। नाम्चीस्थित लोयला महाविद्यालयमा हिजोदेखि आयोजित कार्यक्रमको आज समापन भयो। समापन कार्यक्रममा लोयला महाविद्यालय, जिल्ला शैक्षिक प्रशिक्षण संस्थान (डायट) लगायत भू-राजस्व एवं आपदा प्रबन्धनका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा शहरी विकास विभाग मन्त्री भोजराज राई मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने खाद्य एवम नागरिक आपूर्ति विभागका अधिकारीहरू पनि सामेल थिए। यो पहल लागूऔषध दुरुपयोग विरुद्ध लड्न र लागुऔषध मुक्त भारतको प्रवर्द्धनको लागि राष्ट्रिय पहलको एक अभिन्न अङ्ग हो।
यसले लागुऔषध दुरुपयोग विरुद्ध सचेतना बढाउन र लागुऔषध रहित समाजको परिकल्पनामा योगदान पुर्‍याउँदै सक्रिय उपायहरू बढाउने लक्ष्य राखेको छ।उल्लेखनीय छ कार्यक्रमलाई आवश्यक पूर्वाधार, सामाग्री, र लजिस्टिक सहयोग सहित महत्वपूर्ण सहयोग प्राप्त भएको थियो, जसलाई नाम्ची जिल्लापाल कार्यालयले प्रदान गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement