दुइ दिने मत्स्यपालन प्रशिक्षण शिविरको समापन

IMG-20240831-WA0235

पाकिम: कृषि विज्ञान केन्द्र, रानीपुलस्थित केन्द्रीय कृषि विश्वविद्यालय र सिक्किम सरकारको मत्स्यपालन विभागद्वारा लिङ्गतामको सुबाने डाँड़ामा आयोजित दुई दिने प्रशिक्षण शिविरको समापन भयो। शिविरमा ट्राउट उत्पादकहरूको खेती प्रणालीमा सुधार, चारोको व्यवस्थापन, ट्याङ्कीको सरसफाई, रोग नियन्त्रणआदिबारे प्रशिक्षण दिइयो। आज समापन दिनमा प्रशिक्षणार्थीहरूलाई सम्बोधन गर्दै कृषि विज्ञान केन्द्र, पूर्व सिक्किमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. प्रकाश शर्माले माछालाई चाहिने आधारभूत खाद्य तत्वहरू, चारो दिने सही तरिका, आवश्यक पोशाक तत्वहरू साथै सरसफाइसहित माछाको दाना व्यवस्थापनबारे संक्षिप्त रुपमा जानकारी गराए। यसरी नै मत्स्यपालन विभागका खण्ड अधिकारी योगेश दङ्गालले प्रधानमन्त्री मत्स्य सम्पदा योजना र मुख्यमन्त्री मत्स्य उत्पादन योजनाबारे प्रशिक्षणार्थी किसानहरूलाई जानकारी गराए।
दुई दिवसीय यस प्रशिक्षण शिविरमा मत्स्यपालक किसानहरूले सम्बन्धित अधिकारीहरूलाई आफूहरूले झेल्न परिरहेका विभिन्न समस्याहरूबारे प्रश्न गरे भने विशेषज्ञ अधिकारीहरूले प्रश्नहरूको जवाफ दिए।

About Author

Advertisement