गेजिङ: द हिमालयन फाउण्डेशनकाे तत्वावधानमा प्रत्येक वर्ष आयोजन हुँदै आएको तीन महिना व्यापी विरूवारोपण कार्यक्रम २०२४-को आज समापन भएको छ। तीन महिना लामाे वृहत विरूवारोपण कार्यक्रमलाई समापन गर्न फाउन्डेसनका सदस्यहरु भारत नेपाल सिमा नजिक उत्तरेको सोपाखा जोरबुटे परिसरको काजी बर्खे भन्ने ठाउँमा विभिन्न प्रजातीका बिरुवा लगाएर यस वर्षको कार्यक्रमलाई समापन गरेका छन्। गत १ जुनदेखि यो विरूवारोपणको सुरूवात गरिएको थियो भने आजबाट समापन गरेको छ। वर्तमान सिक्किम सरकारले सुरू गरिएको “मेरो रुख मेरो सन्तति” अभियानलाई सहयोग गर्दै संसारको सर्वश्रेष्ठ मानिने प्राणी मानव जातिले ईश्वरको सुन्दर सृष्टिलाई विकाश, प्रगति, उन्नतिको, उचाई र सभ्यताको नाममा बर्बाद बनाइ सकेको छ। कतिपय उद्भिदहरु वन्य जीवजन्तुहरु धरतीबाटै विलुप्त हुन थालेको चिन्ताको बिषय बम्दै गएको छ जसको कारण हाम्रो पृथ्वीको इकोसिस्टम, हाम्रो बायोडाईभर्सिटी असन्तुलित भइसकेको छ। जलवायु परिवर्तन, ग्लोबल वार्मिङ जस्ता भयावह अवस्था सृजना भएको कुर्कलाइ मध्य नजर राख्दै अभियान गत वर्षदेखि नै यो अभियान चलाएको हिमालयन फौन्डेशनकान अगुवा गणेश याङ्माले बताएका छन्। आजको यस कार्यक्रममा वन विभागबाट नन्दाराम भुजेल साथै सशस्त्र सिमा बलका सहकर्मी अवकाश प्राप्त शिक्षक, लगायत स्थानीय युवाहरुले हजार भन्दा बढी विरूवारोपण गरेका छन्।