काेलकत्ता: प्रतिष्ठित डुरण्ड कप फूटबल टुर्नामेण्टको १३३औं संस्करणमा नर्थईष्ट युनाइटेड फूटबल क्लब च्याम्पियन भयो। काेलकत्ताको विवेकानन्द युवा भारती क्रीड़ांगणमा शनिवार खेलिएको एशियाको सबैभन्दा पुरानो फूटबल टुर्नामेण्टको रोमाञ्चक फाइनलमा नर्थईष्ट युनाइटेड एफसी-ले मोहन बगान सुपर जाइण्ट्सलाई पेनल्टी शूटआउटमा ४-३- ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नर्थईष्ट युनाइटेड एफसी-को यो पहिलो प्रमुख खिताब हो। फाइनलमा एक समय मोहन बगानको जीत तय लागिरहेको थियो कारण मध्यान्तरसम्म नर्थईष्ट युनाइटेड २ गोलले पछि रहेको थियो। दोस्रो हाफको खेलमा चाहिँ नर्थईष्ट युनाइटेडले असाधारण पुनरागमन गर्दै अन्तमा ट्रफी दुवै जित्यो। म्याचमा मोहन बगानलाई जेसन कमिंग्सले ११औं मिनटमा पेनल्टीबाट बढ़त दिलाए। त्यसपछि सहल अब्दुल समदले मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरी मोहन बगानलाई २-०-ले अघि पारे। यसरी पहिलो हाफमा २ गोल खाएपछि नर्थईष्ट युनाइटेडले म्याचमा फर्किने प्रयास शुरु गऱ्यो। यसै क्रममा अलादिन अजाराइले ५५औं मिनटमा नर्थईष्ट युनाइटेडलाई म्याचको पहिलो गोल दिलाए। त्यसपछि सब्स्टीट्यूड खेलाड़ी गुइलेर्मोले गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। पेनल्टी शूटआउटमा नर्थईष्ट युनाइटेडका गोलकीपर गुरमीत सिंहले विपक्षी टीमका खेलाड़ी लिस्टन कोलासो र कप्तान सुभाशिष बोसको प्रयासलाई रोकेर आफ्नो टीमलाई जीत दिलाए।