दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा भाह-तकभर युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीगअन्तर्गत खेलिएको म्याचमा भाह-तकभर युनाइटेडले घूम-जोरबंग्लो स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल रुपम तामाङले ८०औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।