दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा संकटा फूटबल क्लबले गोलको वर्षा गर्दै जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगअन्तर्गत खेलिएको म्याचमा संकटा फूटबल क्लबले युनाइटेड रंगबुल फूटबल क्लबविरुद्ध १६-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रभात गुरुङ र सदीप दर्जीले ४-४ गोल गरे। यसबाहेक आदर्श राई र अजीत थापाले २-२ गोल गरे। अन्य ४ वटा गोल किस्मत तामाङ, अनमोल राई, टाशी शेर्पा र दर्शन राईले गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।