खरसाङ: लाइन्स क्लब अफ् खरसाङ, हिमालयन क्यामारा क्लब सिलगढी अनि फोटोग्राफी सोसाइटी खरसाङको संयुक्त आयोजनामा फोटोग्राफी प्रतियोगीता अनि प्रदर्शनी हुने भएको छ। जसको वेबसाइट आज उद्घाटन प्रेस क्लब अफ् खरसाङका सभापति मुरलीलाल पञ्चमको बाहुलीबाट गरियो। यसबारे जानकारी दिँदै लाइन्स क्लब अफ खरसाङका अध्यक्ष विनम्र गोयन्काले राष्ट्रिय स्तरको फोटोग्राफी प्रतियोगीता अनि प्रदर्शनी हुने जसको नाम हिमालयन ब्लीस भनेर दिइएको बताए।
आज क्लबको भवनमा आयोजित एक पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिँदै गोयन्काले यस प्रतियोगीतामा सबैलाई सहभागी बन्ने आग्रह गरेका छन्। उनले यो प्रतियोगिता खरसाङमा नै आयोजना गरिने बताउँदै प्रतियोगितालाई चारवर्गमा विभक्त गरिएको र त्यसमा ओपन कलर, नेचर, वेडिङ र मोबाइल रहेको अनि प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगगराशि पारितोषिकको रूपमा प्रदान गरिने पनि बताएका छन्। त्यसरी नै सचिव नवारूण भट्टचार्यले प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले लेको माध्यमले फोटो पठाउन सक्ने र यसको फाइनल आगामी २५ सेप्टेम्बरको दिन हुने भएको जानकारी गराएका छन्। आजको यस कार्यक्रममा हिमालयन क्यामारा क्लब सिलगढीका अध्यक्ष अमित मण्डल, फोटोग्राफी सोसाइटी खरसाङका कार्यकारि सदस्य अन्जान घतानी,नबीन मिन्ज आदिको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमबारे उनीहरूले पनि विशेष जानकारी दिए।