खरसाङको लङ्भ्यू चियाबारीमा श्रमिकहरूको धर्ना यथावत्

IMG-20240831-WA0226

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीका श्रमिकहरूको समस्याहरू समाधान गर्न चियाबारीको मालिकपक्षलाई बैठकमा उपस्थित गराउने उद्देश्यले चाप सृष्टि गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा श्रमिक संगठनको धर्ना गरिरहेको छ। धर्नापछि आफ्नो भनाइ राख्दै खरसाङ महुकमा समिति श्रमिक संगठन संयोजक तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले जबसम्म बगानका मालिक उपस्थित हुर्दैनन् तबसम्म श्रमिकहरूको समस्याको समाधान हुँदैन भन्दै भागोप्रमोको श्रमिक सङ्गठन सदैव श्रमिकहरूको साथमा रहेको जनाए। तिनले यो चियाबारीसँग हाम्रो रोजगारीको मात्र नभएर भावात्मक सम्बन्ध पनि रहेको जनाउँदै यो चियाबारीलाई बिगारेर कुनै पनि प्रकारको काम गर्न नहुने जनाए। डुम्जनले बगान मालिकको निम्ति आगामी सोमवारसम्मको समय दिइएको जनाउँदै यदि त्यतिन्जेलसम्म पनि मालिकले यहाँको समस्याको समाधान नगरिदिए सङ्गठनले अर्को विकल्प निकाल्ने जनाए। कुनै समय बगानको विसम परिस्थितिमा पनि यहाँका श्रमिकहरूलाई सहायता प्रदान गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले सहयोग पुऱ्याएका थिए भन्ने जानकारी दिँदै अहिले पनि उनी लङ्भ्यूका जनताको निम्ति धेरै चिन्तित रहेको औ यहाँको समस्या समाधान गर्न उनी णालिकवर्गसँग बारम्बार सम्पर्कमा रहेको जानकारी गराए। अर्कोतिर गोजमुमोको श्रमिक सङ्गठन डीटीडीपीएलयुले पनि लङ्भ्यू चियाबारीका श्रमिकहरूको समस्यालाई समाधान गर्न शीघ्र अर्को बैठक डाक्ने औ उक्त बैठकमा बगानका मालिकलाई उपस्थित हुनुपर्ने माग गर्दै पत्रचार गरिएको जानकारी सङ्गठनको पक्षबाट हमिङ तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement