खरसाङ: खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा प्रज्ञा साझा मञ्जको आयोजनामा ३३औँ नेपाली भाषा मान्यता दिवस पालनसँगै तेस्रो प्रज्ञा सम्मान समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम मञ्चका अध्यक्ष रमेश थापाको अध्यक्षतामा अनि मुख्य अतिथिको रूपमा समाजसेवी टिटी लामा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिको रूपमा पण्डित तुलसी अधिकारी, धनसिङ मोक्तान लगायत विभिन्न क्षेत्रमा आफ्नो विशिष्ट योगदान र सेवा प्रदान गरिरहेका विद्यालयका शिक्षक-शिक्षिकाहरू, सङ्घ-संस्थाका प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कवि रचना राई अनाकारद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्बोधन मञ्चकी सचिव उषा किरण सत्यदर्शीले राखिन्।

यस अवधि उनले प्रज्ञा साझा मञ्चको स्थापना अनि यसको लक्ष्य तथा उद्देश्यबारे प्रकाश पारिन्। उनले कार्यक्रममा नेपाली भाषा मान्यताको संक्षिप्त इतिहासबारे अवगत गराउँदै नेपाली भाषालाई सदैव माया गरिनु पर्ने औ यसको गरिमालाई बचाउनु पर्ने जनाइन्। समारोहमा मञ्चका नयाँ सदस्यहरूलाई स्वागत जनाउँदै खदा अर्पण गरियो। कार्यक्रममा तेस्रो प्रज्ञा सम्मानद्वारा भाषा सङ्ग्रामी स्व• सुदर्शन शर्मा( मरणोप्रान्त), समाजसेवी तथा भाषा सङ्ग्रामी दुर्गा प्रधान, पूर्व शिक्षिका पम्फा हमाल विश्वास अनि भाषा सङ्ग्रामी चन्द्रमित लक्समलाई सम्मानित गरियो। उनीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह प्रदान गरेर तथा अङ्गवस्त्र अनि खदामाला लगाएर सम्मान जनाइयो। यस अवसरमा भाषा सङ्ग्रामी तथा गीतकार चन्द्रमीत लक्समको परिचय पठन रचना अनाकारले गरिन् भने सम्मानपत्र पठन निलम कुमार गिरीले गरे तथा खदार्पण उषाकिरण ‘सत्यदर्शी’ले, अङ्गवस्त्र प्रदान लिली ओझाले अनि सम्मानपत्र प्रदान टीटी लामाद्वारा तथा स्मृति चिन्ह रमेश थापाद्वारा प्रदान गरियो। अर्का सम्मानित व्यक्ति दिवङ्गत सुदर्शन शर्मा भाषा-सङ्ग्रामीको परिचय पठन सुदर्शन प्रधानले गरे भने सम्मानपत्र पठन शशी थापा आलेले गरिन्।

शर्माका परिवारलाई माल्यार्पण उमेद गोलेले गरे भने जातिय टोपी प्रदान फुर्वा घिसिङको बाहुलीबाट अनि अङ्गवस्त्र सूर्यनारायण प्रधानको बाहुलीबाट सम्मानपत्र प्रदान र रमेश थापाको बाहुलीबाट तथा स्मृति चिन्ह पण्डित तुलसी प्रसाद अधिकारीको बाहुलीबाट प्रदान गरियो। समाजसेवी तथा भाषा सङ्ग्रामी दुर्गा प्रधानको परिचय ऋषि राईले पठन गरे भने सम्मानपत्र पठन सुरेन कटुवालले गरे। माल्यार्पण देवराज मुखियाको बाहुलीबाट अनि सिलभेष्टर लेप्चाको बाहुलीबाट गरियो। जातिय टोपी लिली ओझाको बाहुलीबाट अनि अङ्गवस्त्र पहिरन टीटी लामाको बाहुलीबाट लगाइयो। उसरीनै सम्मानपत्र प्रदान तुलसी प्रसाद अधिकारीको बाहुलीबाट अनि स्मृति चिन्ह सुरेन कटुवालको बाहुलीबाट प्रदान गरियो। पूर्व शिक्षिका पम्फा हमालको परिचय उषाकिरण ‘सत्यदर्शी’ले पठन गरिन् भने उनको सम्मानपत्र पठन प्रितम कुमार छेत्रीले गरे। हमाललाई लक्ष्मी प्रधानद्वारा माल्यार्पण गरियो भने अङ्गवस्त्र दीपक थापा अध्यक्ष,वरिष्ठ नागरिक कल्याण समिति, अम्बोटेको बाहुलीबाट पहिऱ्याइयो।

त्यसरीनै सम्मानपत्र प्रदान धनसिंह मोक्तानले प्रदान गरे भने स्मृति चिन्ह ऋषि राईद्वारा प्रदान गरियो। कार्यक्रमलाई मुख्य एवम् विशिष्ट अतिथिहरूले सम्बोधन गर्दै कार्यक्रमको मुग्ध कण्ठले प्रशंसा गरे। कार्यक्रममा धन्यवाद ज्ञापन सह-सचिव प्रितम कुमार छेत्रीले राखे। कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न गीत, नृत्य, कविता आदि पनि प्रस्तुत गरिएको थियो।