खरसाङ महकुमा अन्तर कार्यालय फुटबल टुर्नामेन्ट: हाइड्रो र आकाशवाणी खरसाङ सेमी फाइनलमा प्रवेस

photocollage_202483120450859

खरसाङ: खरसाङ फुटबल एसोसिएसनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल खेल अन्तर्गत आज दुईवटा खेलहरू सम्पन्न भएको छ। आज भएको दुईवटा क्वाटर फाईनल अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा हाइड्रोले ग्लेन हिल स्कूललाई ३ गोलको विरुद्ध ७ गोलले पराजित गरेर हाइड्रोका बिबेक तामाङ अनि रेमन्त खवासले ३-३ गोल गरेका थिए। दोस्रो क्वाटर फाईनल खेलमा आकाशवाणी खरसाङ अनि खरसाङ अस्पतालमाझ खेलियो। आकाशवाणी खरसाङको प्रयास सार्कीको एक्लो गोलले आकाशवाणी खरसाङ बिजयी बनेको छ। पराजित दलहरूलाई स्मृति चिन्ह पनि प्रदान गरियो।

आजको क्वाटर फाईनल खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रतिक गुरुङ, सहायकहरु सुरेन गुरुङ, प्रमोद प्रधान अनि फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement