सिंगेल चियाबारीको चारधुरास्थित मन्दिरमा चोरी

IMG-20240831-WA0199

खरसाङ: खरसाङको सन्त मेरिज ग्राम पञ्चायत दुई अन्तर्गत सिंगेल चियाबारीको चारधुरास्थित मन्दिरमा चोरी भएको घटना प्रकाशमा आएको छ। सिंगेल चियाबारीको चारधुरामा रहेको सेती देवी मन्दिरमा चोरीको भएको जानकारी प्राप्त भएको छ। उक्त मन्दिरबाट राती मन्दिरको तीनवटा घण्टी, साउण्ड सिस्टम, पित्तलको दियो, ठूलो अग्लो दियोहरू र थालमा राखिएको भेटी लगायत मन्दिरको बहुमुल्य चीजहरू पनि चोरी भएको बताइएको छ। उक्त चोरी विषयमा सिंगेल चियाबारीको चारधुरामा रहेको देवी ग्राम परिवार समाजको तर्फबाट खरसाङ पुलिस थानामा ज्ञापन दिइएको जानकारी समाजको सचिव शरण लामाले जानकारी गराएका छन्। उक्त मन्दिरमा चोरी भएको विषयमा खरसाङ पुलिस थानाको पुलिस अधिकारीहरू निरीक्षण गरेर गएको बताइएको छ। गाउँमा रहेको मन्दिरमा चोरी भएपछि गाउँमा स्थानहरूमा सनसनी छाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement