खरसाङमा ३१औं नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न

IMG-20220820-WA0158.jpg

नेपाली भाषा संरक्षण र उन्नतिको लागि सर्व भारतीय स्तरमा रहेको नेपाली भाषी संघ संस्थाहरूले कार्य गर्नुपर्छ: तिलक शर्मा

खरसाङ: गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा ३१औं नेपाली भाषा मान्यता दिवस समारोह कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र वरिष्ठ समाज सेवक एंव पुस्तकालयको पूर्व सभापति तिलक शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा आकाशवाणी खरसाङको पूर्व निर्देशक बलराम राई, वरिष्ठ साहित्यकार जीबी बल, नाट्यकर्मी बिनोद प्रकाश शर्मा, गोर्खा सांस्कृतिक संस्थान खरसाङको अध्यक्षा आशा मुखिया लामा उपस्थित रहेका थिए। पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेको कार्यक्रममा नेपाली भाषा मान्यताको संघर्ष र नेपाली भाषा मान्यता दिवस विषयमा वार्ता पुस्तकालयको उपाध्यक्ष एंव वरिष्ठ साहित्यकार ऋषि राईले प्रस्तुत गरेका थिए।

कार्यक्रममा रचना अनाकर, बालकृष्ण थामी, पी लक्की शेर्पा, पुरोषत्तम अधिकारी, आशा मुखिया लामा, मिना राई, कृष्ण पाण्डे आदिले कविता पठन गरेका थिए भने वरिष्ठ साहित्यकार जीबी बलले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि तिलक शर्माले आफ्नो सम्बोधनमा नेपाली भाषाको व्यवहारिक प्रयोगको लागि प्रत्येक घरमा आफ्नो माता पिताले नानीहरूलाई सिकाउनु पर्ने बताएका छन्। उनले नेपाली भाषा आन्दोलनमा देहरादुनको अखिल भारतीय नेपाली भाषा समितिले सक्रिय रूपमा कार्य गरेका थिए तर अहिले उक्त संस्था अलिक निष्क्रिय रहेकोले अब उक्त संस्थालाई पुनर्गठन गरी सक्रिय बनाएर लानु पर्ने सुझाव राखेका थिए। तिलक शर्माले अखिल भारतीय नेपाली भाषा समिति साथै दार्जिलिङ, सिक्किम लगायत सर्व भारतीय स्तरमा रहेको विभिन्न नेपाली भाषी संघ संस्थाहरू पनि नेपाली भाषाको संरक्षणको लागि सक्रिय रूपमा कार्य गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्।

कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले आफ्नो सम्बोधनमा नेपाली भाषाले पाएको मान्यता र यसको व्यवहारिक पक्ष विषयमा बताउँदै कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्। ३१औं नेपाली भाषा मान्यता दिवस कार्यक्रम विषयमा गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले पत्रकारहरूसित कुराकानी गर्दै आज गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा ३१औं नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न गरिएको बताउँदै हामीले नेपाली भाषाको प्रयोगको लागि गत वर्ष पनि जीटीएलाई निवेदन गरेको र त्यसको परिणामस्वरुप जीटीए क्षेत्रका नेपाली भाषाको प्रयोग गरिनलाई कार्यान्वन गरिएको बताएका छन्। उनले हामी नेपाली भाषाको प्रयोगको लागि लगातार रूपमा सरकारलाई निवेदन गर्दै आएको र भविष्यमा पनि हामी यसतर्फ कार्य गर्नेछौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement