मणिपुरको चुराचन्दपुरमा भाजपा नेताको घरमा आगजनी

Fire-copy

इम्फाल: शनिबार बिहान मणिपुरको चुराचन्दपुर जिल्लाको पेनियल गाउँमा अज्ञात व्यक्तिहरूले मणिपुर प्रदेश भाजपाका प्रवक्ता माइकल लमजाथाङ हाओकिपको घर, पसल र अन्य सम्पत्तिमा आगजनी गरेको समाचार छl समाचार अनुसार आगजनीमा लाखौंको धनमाल नष्ट भएको छ, जसको चौतर्फी निन्दा गरिएको छ। उपायुक्त धरुनकुमार एसले घटनाको अनुसन्धान थालेको र छिट्टै कारबाही गर्ने आश्वासन दिएका छन्। मुख्यमन्त्री एन वीरेन सिंहले आक्रमणको कडा निन्दा गर्दै भने, ‘शान्ति जुलुसको आडमा हाम्रा मानिसहरूलाई बारम्बार निशाना बनाइनु अत्यन्तै डरलाग्दो छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement