जलपाईगढी: ‘हामी नाटक होइन न्याय चाहन्छौं, हामी दुष्कर्म कानूनमा परिवर्तन चाहन्छौं, यो अपराधको लागि माफी छैन’, यो नारालाई अगाडि राख्दै जलपाईगढी शहर ब्लक तृणमूल कांग्रेस कमिटीले शनिबार गुर्जन्झोरा भवन अगाडि धारणा दिए। जलपाईगढी र पछि शहरमा जुलुस निकाले। शहर ब्लक समितिका अध्यक्ष तपन ब्यानर्जीले भने, ‘आरजी कर घटनाको छानबिनको माग गर्दै तृणमूल नेतृ ममता ब्यानर्जीको नेतृत्वमा राज्यभरका प्रत्येक ब्लकमा विरोध कार्यक्रमहरू आयोजना गरिएको छ।‘ तपन ब्याबनर्जीले भने, ‘जलपाईगढी टाउन ब्लक तृणमूल कांग्रेस कमिटीले दोषीहरूलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ।‘ उनले आरजी कर घटनाका दोषी पक्राउ नगरेसम्म आन्दोलन जारी रहने बताए।