सिलगढी: सिलगढी टाउन ब्लक नम्बर १ को तृणमूल कांग्रेस कमिटीले आरजी कर घटनाका दोषीहरूलाई सजायको माग गर्दै विरोध मार्च निकालेको छ। सिलगढी मल्लागढी मोडबाट शुरु भएको यो जुलुस महात्मा गान्धीको शालिकमा पुगेर समापन भएको थियो। उक्त जुलुसमा दार्जीलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष पपिया घोषलगायतको सहभागिता रहेको थियो।