अलिपुरद्वार: फलकाटा टाउन ब्लक तृणमूलले शनिबार दिउँसो आरजी कर मेडिकल कलेज एवं अस्पतालमा भएको घटनाको विरुद्ध फलकाटामा विरोध प्रदर्शन गर्योl तृणमूलको पार्टी कार्यालयबाट एक जुलुसले फलकाटा शहर परिक्रमा गरेर विरोधमा भाग लियो। राष्ट्रिय राजमार्ग न० १७ ट्राफिक डाइभर्सन फलाकाटा मेन रोडमा विरोध प्रदर्शन, सिबिआइबाट छानबिन भए पनि दोषी पक्राउ परेका छैनन्, कारबाही हुनसकेको छैन, दोषीलाई तत्काल कारबाही गर्न माग राखेको छ।