दार्जीलिङ: पूर्व घोषणा अनुरूप दार्जीलिङ नगरपालिका लोवर तुङसुङ रोडलाई डाक्टर इन्द्रबहादुर रोड नामकरण गऱ्यो। दार्जीलिङ नगरपालिका अन्तर्गत लोवर तुङसुङ रोडलाई आज नेपाली भाषा मान्यता दिवसको अवसरमा दार्जीलिङ नगरपालिकाले डाक्टर इन्द्रबहादुर राई रोड नामकरण गऱ्यो। यस अवसरमा हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डस विशेष रूपमा उपस्थित रहेका थिए।

त्यसरी नै दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेल, भाइस चेयरम्यान याङजी शेर्पा, क्षेत्रिया सभासद रोवर्ड छेत्री लगायत अन्य नगरपार्षदहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको शुभारम्भमा लोवर तुङसुङ रोडको किनारमा डाक्टर इन्द्रबहादुर राई पथ लेखेको बोर्डमा हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसले खदा चढाएर लोवर तुङसुङ रोडलाई डाक्टर इन्द्रबहादुर राई रोड नामकरण गरिएको घोषणा गऱ्यो।

यस अवसरमा उपस्थित भीडलाई अध्यक्ष एंव सभासद अजय एडवार्डसले सम्बोधन गर्ने क्रममा डाक्टर इन्द्रबहादुर राई यो रोड भएर हिँडने गर्थे।
स्मरण गराईन्छ डाक्टर इन्द्रबहादुर राईको नीजि बास स्थान यसै क्षेत्रमा थिए। त्यही कारण उनी यो रोड भएर हिँडने गर्थे।

अध्यक्ष एडवार्डसले अघि भने, डाक्टर इन्द्रबहादुर राई नेपाली साहित्य जगतका एक तारा थिए। वहाँको नाममा रोडको नाम राख्न पाउँदा हामी अति नै खुशी छौँ तिनले भने।