भारतीय भूमिबाट उड़ाएको बेलुन नेपाली भूमिमा खसे पछि शशंकित

IMG-20240831-WA0082

भद्रपुर: दुईवटा अनौठो यन्त्र बेलुनमा उडाएर भारतले नेपाली भूमिमा खसे पछि झापावासीहरु सशंकित भएका छन्।
हातले आई.एम.दी- दुईवटा अनौठो यन्त्र बेलुनमा उडाएर भारतीय भूमिबाट नेपाली भूमिमा खसालेपछि झापावासीहरु सशंकित भएका हुँन्।
हातले आई.एम.दी.- जलपाईगुड़ी २०.०८.२०२४ र ९८३२३६९९९१ लेखिएको बस्तु झरेसंगै स्थानीय त्रसिद बनेका हुन्। भारतीय भूमिबाट बेलुनमा राखेर उडाएको अनौठो यन्त्र झापा जिल्लाको बाह्रदशी-५ नवकिरण टोल बस्ने बलबहादुर बेघाको घर पछाडि नरिवलको बोटमा झरेको थियो। ठूलो आवाजका साथ बेलुन पड्किएर त्यसभित्रको यन्त्र झर्दा स्थानीयहरु त्रसित भएका छन्। हिजो बिहान ९.३० बजेतिर ठूलो आवाजका साथ अनौठो वस्तु झरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेर हेर्दा थाहा नभएको यन्त्र भेटिएको स्थानीय फूलवारी प्रहरी चौकीका प्रहरी सब इन्स्पेक्टर श्रवण चौधरीले बताए। उनले ठूलो आवाजका साथ झरेपनि ठूलो क्षति नभएको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement