‘घर आँगनमा प्रशासन’ पहल शुरू 

n628831823172504390207453145771b1aea9934eebef61f7b21378ed09569fd81ebedcaffd18e5f5696ce1

गान्तोक: राकदोङ तिन्तेक खण्ड विकास अधिकारी पुष्कर खतिवडाले एक अग्रगामी प्रयासको रूपमा ‘घर आँगनमा प्रशासन’ पहल शुरू गरेका छन्। स्थानीय समुदायको निम्ति प्रशासनिक समर्थन एवं सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ उक्त पहल शुरू गरिएको बताइएको छ।

यो अभिनव दृष्टिकोणले विकास कार्यक्रमहरू र योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै सुशासन र तृणमूल स्तरबीचको खाल्डोलाई कम गर्ने लक्ष्य लिएको बताइएको छ। यस पहलको उद्देश्य स्थानीय समुदायलाई पहुँचयोग्य प्रशासनिक सेवाहरू प्रदान गर्नु, विकास कार्यक्रम र योजनाहरुको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु, सामुदायिक संलग्नता र सहभागिता सुदृढ बनाउनु, शासनमा पारदर्शिता र जवाफदेहिता बढाउनु रहेको छ।

‘घर आँगनमा प्रशासन’ अन्तर्गत जन्म, मृत्यु, आय, जाति आदि प्रमाणपत्रहरू वितरण, सार्वजनिक गुनासो समाधान र विवाद समाधान, पीएमएवाई, एमजीनरेगा तथा योजनाहरूको कार्यान्वयन र विकास योजनाहरूको अनुगमन आदि सेवाहरूको लाभ प्राप्त गर्न सक्नेछन्।

प्रशासनलाई समुदायको ढोकासम्म पुर्‍याएर, घर आँगनमा प्रशासनले शासनलाई बुझ्ने र अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्ने विश्वास व्यक्त गरिएको छ। यस पहलले समावेशी विकासको भावनालाई मूर्त रूप दिॅंदै स्थानीय समुदायहरूलाई फस्टाउन र समृद्ध बनाउन सशक्त बनाउने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement