नाम्ची जिल्लाको कामराङमा आयोजित सीएटीसी क्याम्पमा एनसीसी क्याडेट्सकाे उत्कृष्ट प्रदर्शन 

n6288318221725043646207629eeaa464b8ae6ae7709869b86baef5615aed03f2ea84a9c6a43ddc0eb4a858

गान्तोक: दार्जिलिङको बिजनबारी आधारित विद्या ज्योति एकाडेमीका एनसीसी क्याडेट्सले नाम्ची जिल्लाको कामराङमा आयोजित सीएटीसी क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम रोशन गरेका छन्।

विद्यालयका एनसीसी क्याडेट्सले बेस्ट क्याडेट, बेस्ट ड्रिल लगायत संस्कृति, फाइरिङ, भलिबल, टग अफ् वार आदिमा मेडल जितेका छन्। उक्त जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।

संयोजक शर्माले खुशी व्यक्त गर्दै भने, यो हामी सबैका लागि गौरवको विषय हो। यस विद्यालयमा शैक्षिक गुणस्तरका साथै विद्यार्थीहरूको समग्र विकासको निम्ति वर्षौदेखि सतत प्रयास चलिरहेको छ। विद्यालयका प्रधानाचार्य, आचार्य-आचार्या, सञ्चालन समितिका पदाधिकारीहरू र ट्रस्टीगण सबै नै विद्यालयको समग्र विकासको निम्ति समर्पित छन्। अभिभावकहरूबाट पनि उल्लेख्य समर्थन प्राप्त भइरहेको छ।

उनले विद्या भारती पनि शैक्षिक संगठन भएको नातामा समय-समयमा विद्यालयको विकासमा मार्गदर्शन, सुझाउ र सकारात्मक सहयोग प्रदान गर्दै आइरहेको बताए। उनले सबैको सामूहिक प्रयासका कारण उक्त विद्यालय आज यस क्षेत्रको एक आदर्श विद्यालय बनेको बताएका छन्। उनले विद्यार्थीहरूद्वारा उत्कृष्ट प्रदर्शन र उपलब्धिहरूका लागि सम्पूर्ण विद्यालय परिवारमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement