रिगुमा एचआईभी एड्सबारे जागरुकता अभियान

IMG-20240830-WA0234

गान्तोक: पूर्व सिक्किमको रिगुमा एचआईभी एड्सबारे जागरुकता कार्यक्रम सम्पन्न भयो। यो कार्यक्रम सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटीद्वारा इन्टरसिफ्टेड अभियानअन्तर्गत आयोजन गरेको थियो। सोसाइटीले अभियानअन्तर्गत राज्यका थुप्रै ठाउँहरुमा जागरुकता कार्यक्रम सञ्चालन गरिसकेको छ। यस अवसरमा सोसाइटीका अधिकारी नम्रता शर्माले एचआईभी एड्स रोगको रोकथामबारे जानकारी गराइन्। उनले यसको रोकथाम उपायहरूमाथि प्रकाश पार्दै निरन्तर कन्डोम प्रयोगको महत्त्वबारे जोड दिइन्। शर्माले नयाँ सिरिन्ज मात्र प्रयोग गर्ने, ब्लड ब्यांकबाट मात्र रगत लिने र गर्भावस्थाको तीन महिनाभित्र आमा र पिता दुवैको एचआईभी परीक्षण गराउनुपर्ने महत्त्वमा जोड दिइन्। यदि आमा वा पिता कोही एचआईभी पोजिटिभ छन् भने गर्भमा रहेको शिशुलाई एचआईभी सर्नबाट रोक्न महत्त्वपूर्ण विकल्प रहेको जानकारी पनि दिइन्। उनले एचआईभी एड्स रोकथाम तथा नियन्त्रण ऐन २०१७ को बारे पनि जानकारी गराउँदै यसले एचआईभी संक्रमित व्यक्तिहरू विरुद्ध कुनै पनि प्रकारको भेदभावलाई निषेध गरेको उल्लेख गरिन्। अर्कोतिर शर्माले यस रोगको उपचार नि:शुल्क हुने र नियन्त्रण गर्न सकिने, पीडितले सामान्य जीवन बिताउन समेत सक्ने जानकारी पनि दिइन्। कार्यक्रममा सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो जसमा जागरुकताको सन्देश दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement