दार्जीलिङ: जाति र भाषाको मुद्धामा हामी सवै एक हुनै पर्छ भन्ने मन्तब्य हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्डले पोखेका छन्। गोर्खाल्याण्ड क्षेत्रीया प्रशासन र दार्जिलिङ नगरपालिकाको संयुक्त आयोजनामा आज नेपाली भाषा मान्यता दिवस समारोह भब्य रूपमा पालन गरियो। कार्यक्रमको शुभारम्भमा शहरमा शोभायात्रा निकाल्ने कार्य गरियो। शोभायात्राले शहरको परिक्रमण गर्दै गोर्खा रङ्ग मञ्च भवन पुग्यो। यसैक्रममा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले पत्रकारहरूसँगको कुराकानीमा जाति र भाषाको मुद्धामा हामी सवै एक हुनै पर्छ भने। तिनले अझ भने, हामीले शुरूदेखि नै भन्दै आइरहेका छौँ जातिको मुद्धामा हामी सवै एकबद्ध हुनैपर्छ। नेपाली भाषाले मान्यता पाएको ३१ बर्ष नाघ्यो। नेपाली भाषा मान्यताको आन्दोलन गर्ने हाम्रा अग्रजहरूको योगदान र संघर्षको कदर हामीले गर्नैपर्छ भन्ने सोँच हामीले लिएर नेपाली भाषा मान्यता दिवस पालन गर्ने हामीले अघिबाटै सोँच बनाएका थियौँ अनि आयोजित नेपाली भाषा मान्यता दिवस समारोहमा हामीले सवैलाई आमन्त्रित गरेका थियौँ। जसमा मोर्चा अध्यक्ष विमल गुरूङ दाजु, क्रामाकपा लगायत पहाडको सवै राजनैतिक दलहरू साथै संघ संस्थाहरू अनि बरिष्ठ साहित्यकार, मानुभावहरू सवै सवैलाई आमन्त्रित गरेका थियौँ। जातिको मुद्धा र भाषाको मुद्धा एंव विषयमा हामी राजनैतिकदेखि पर सरेर कार्यक्रम गरेका छौँ अध्यक्ष एडवर्डसले भने। नेपाली भाषा मान्यताको आन्दोलनकारीहरूको योगदान एंव संघर्षको कारणले गर्दा नेपाली भाषाले मान्यता पाएको छ अब यहाँदेखिमाथि अझ के गर्नुपर्ने भन्ने विषयहरूमाथि काम गर्नुपर्ने आजको युवा जमातहरूको दाहित्व हो अध्यक्ष एडवर्डसले भने। नेपाली भाषा मान्यता दिवसको ३० बर्षको बर्षगाँठ मनाउनु हाम्रो उपलब्धी हो। भविष्यमा अझ के के गर्नुपर्ने हो,ती विषयहरूमाथि हामी सोँच्दै जानेछौ अध्यक्ष एडवर्डसले भने। हामीले सांसद विधायकहरूलाई पनि आमन्त्रित गरेका थियौँ तर तिनीहरू आउँछ आउँदैन त्यो हामीलाई थाहाँ छैन तर हाम्रो काम आमन्त्रित गर्ने हो हामीले गऱ्यौ। तिनले अझ भने हामीले राजनैतिक रंग, भाइभतिजाबाद केही नहेरेर हामीले सवैलाई कार्यक्रममा आमन्त्रित गरेका थियौँ एडवर्डसले भने।