गान्तोक। विधायक अदित्य गोलेको दिशा निर्देश बमोजिम एसडीएफ पार्टी त्याग गरेर आउनेहरूको घरमा एसकेएम पार्टीको झण्डा लगाउने कार्य शुरू गरेको छ। उल्लेखनीय छ, केही दिन अघि सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट ३९ परिवारले एसडीएफ पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल भएका थिए। एसकेएम पार्टीको नीति सिद्धान्त मन पराएर ३९ परिवार एसकेएम पार्टीमा सामेल भएका थिए। एसकेएम सरकारले गरेको काम प्रति सन्तुष्ट प्रकट गर्दै उनीहरूले एसडीएफ पार्टी त्याग गरेका हुन्। २५ वर्षको शासनकालमा एसडीएफ पार्टीले आफूहरू प्रति गरेको लापारवाहीलाई ध्यानमा राख्दै छोडेका थिए।