रुखमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला

IMG-20240717-WA0001

फुलबारी: घरको नजिकमा भएको रुखमा झुण्डिएको अवस्थामा युवकको शव फेला परेको घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। यो घटना फुलबारी नम्बर २ ग्राम पञ्चायत अन्तर्गत पुटीमारी क्षेत्रमा आज बिहान भएको हो। मृत्यु हुने युवकको नाम तपु राय (१८) हो।पारिवारिक श्रोतका अनुसार तपु सदाझैँ खाना खाएर घरमै सुतेको थियो। आज बिहान उनकी आमा ब्युँझिएपछि बरण्डाको छेउको रुखमा तपुको शव झुण्डिएको देखेकी थिइन्। उसले किन यस्तो कदम चाल्यो परिवारका सदस्यले बुझेका छैनन्।अर्कोतर्फ, घटनाको खबर प्राप्त हुनासाथ नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुग्यो र शवलाई बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। घटनापछि सो क्षेत्रमा शोक छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement