दार्जीलिङ डायनामोको एकतर्फी जीत

IMG-20240830-WA0222

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा दार्जीलिङ डायनामोले एकतर्फी जीत हासिल गऱ्यो। लेबोंग स्थित गोर्खा स्टेडियममा डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगअन्तर्गत खेलिएको म्याचमा दार्जीलिङ डायनामोले भारतीय खेल प्राधिकरण (साई), दार्जीलिङविरुद्ध ५-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट पुजन सुब्बा र उर्गेन शेर्पाले २-२ गोल गरे। यसमा पूजनले दशौं र ६४औं मिनटमा गोल गरे। यसरी उर्गेनले ३२औं र ५९औं मिनटमा गोल गरे। अन्य एउटा गोल रोहित तामाङले ७१औं मिनटमा गरे। यसरी साई-बाट अदित्य राईले २३औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement