स्थापना दिवसलाई लिएर भागोप्रमो अम्बटे पंखाबारी लङ्भ्यु समष्टीको सांगठनिक सभा सम्पन्न

IMG-20240830-WA0215

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक जरूरी सभा खरसाङ खण्ड अन्तर्गत गाडीधुरा सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा आगामी ९ सेप्टेम्बर मिरिकमा सम्पन्न हुन गइरहेको भागोप्रमोको चोथौ स्थापना दिवसमा पंखाबारी लङ्भ्यू अम्बटे समष्टिको सहभागिताको विषयमा छलफल गर्न एक जरुरी सभा समष्टि अध्यक्ष मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभामा समष्टि कार्यकारी सभासद कल्पना प्रधान, समष्टि पर्यवेक्षक अनु प्रधान, मनोनित सभासद प्रणाम रसाईली, भागोप्रमो केन्द्रीय समिति सदस्य सन्तोष लामा, समष्टि सदस्य साथै खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री आदिले सम्बोधन गरेका थिए।

समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा पार्टीको चौथो स्थापना दिवसमा समष्टिको पक्षबाट व्यापक रूपमा सहभागिता जनाइदिने अनुरोध गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement