कालेबुङमा ३३औं नेपाली भाषा मान्यता स्मृति दिवस समारोह सम्पन्न

IMG-20240830-WA0212

कालेबुङ: नेपाली साहित्य अध्ययन समिति कालेबुङको आयोजनामा नेपाली भाषा मान्यता स्मृति दिवस विविध कार्यक्रमको साथ कालेबुङको रामकृष्ण रङ्गमञ्च भवनमा पालन गरेको छ। प्राध्यापक जोक चामलिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भूतपूर्व डीएसपी एलबी कुमाई मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए भने सामाजिक कार्यकर्ता बिक्रम राई विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा विशेष गरेर भाषा मान्यता दिलाउन योगदान दिएका भाषा संग्रामीहरुलाई स्मरण गर्दै यसको प्रयोगमाथि पनि जोर दिइएको थियो। कार्यक्रममा स्वागत सम्बोधन राख्ने क्रममा मूल सचिव बलभद्र शर्माले भाषा प्रयाेगमाथि विभिन्न मागहरु सम्बन्धित विभिन्न निकायहरूमा पेस गरिने बताए। यसैबीच भाषाको विकास र सामाजिक सेवाको निम्ति खरसाङ महकुमा अन्तर्गत सिटोङ निवासी बिक्रम राईलाई व्यक्तिगत रूपमा सम्मान जनाईएको छ। त्यसरी नै संस्थागत रूपमा गोरुबथानको नयाँ युग पुस्तक मन्दिर अनि दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी बैंक लिमिटेडलाई स्मृति चिन्ह लगायत सम्बर्द्धना जनाइयो। यही कार्यक्रममा नै दुईवटा पुस्तक पनि सार्वजनिक गरियो। यस क्रममा आरके फुँयेलद्वारा लिखित एकांकी संग्रह ‘कालिमाया’ र डा. बीबी गुरुङद्वारा लिखित अध्यावाधिक यात्रा’ नामक पुस्तकको लोकार्पण पनि गरिएको छ। कार्यक्रममा लाेक गीत प्रतियोगिता पनि सम्पन्न गरियो। कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलन र अन्य विषयमा क्लुनी वुमेन्स महाविद्यालयका प्राध्यापक मेहेरमान सुब्बाद्वारा वार्ता प्रस्तुत गरिएको थियो। कार्यक्रममा चन्द्र प्लोरेनेस राई साथीहरूद्वारा लोक दोहोरी प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement