हिल तृणमूल कांग्रेस खरसाङ खण्ड समितिको सभा अनि नयाँ कमिटी गठन

IMG-20240830-WA0210

खरसाङ: हिल तृणमूल कांग्रेस खरसाङ खण्ड समितिको सांगठनिक सभा एंव कमिटी गठनक लागि गाडीधुरामा सभा सम्पन्न भएको छ। उक्त सभा हिल तृणमूल कंग्रेसको खरसाङ खण्ड समितिको अध्यक्ष बलवीर तामाङको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा हिल तृणमूल कांग्रेस खरसाङ खण्ड समितिको पूर्णांक कमिटी गठन गरिएको छ। सभामा सभापति बलवीर तामाङ, सचिव प्रजेस लेप्चा र सत्य बराईक, सन्तोष तामाङ, प्रमुख सल्लाहकार हेमन्त सुन्दास र राम सुब्बाले वक्तव्य राखेका थिए। यसै सभामा हिल तृणमूल कंग्रेसको खरसाङ खण्ड समितिको कमिटी गठन गरिएको छ। उक्त सभा अघि नै सभापति बलवीर तामाङ, महासचिवमा प्रजेस लेप्चा र सत्य बराईकलाई चयन गरिएको थियो भने आजको सभामा अन्य पदाधिकारीहरू पनि चयन गरिएको छ। अन्य पदाधिकारीहरूमा उप सभापतिमा सन्तोष तामाङ र सञ्जय तामाङ, सह सचिवमा रुपेस प्रधान, प्रमुख सल्लाहकारमा हेमन्त सुन्दास र राम सुब्बा चयन भएका छन्। सभामा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न स्थानहरू टुंग सन्त मेरिज, सिटोङ, कालीझोड़ा, सुकना, सेवोक, लङ्कु लगायतका स्थानहरूबाट मानिसहरू उपस्थित रहेका थिए। उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कांग्रेस खरसाङ खण्ड समितिको अध्यक्ष बलवीर तामाङले आफुलाई विश्वास गरेर खरसाङ खण्डको सभापति बनाएर जिम्मेवारी दिएपछि पहिलो सांगठनिक सभा आज खरसाङको गाडीधुरामा सम्पन्न भएको र आजको सभामा हिल तृणमूल कंग्रेसको खरसाङ खण्ड समितिको पूर्णांक कमिटी गठन गरिएको जानकारी गराएका छन्। उनले आगामी दिनमा खरसाङको खण्ड क्षेत्रको विभिन्न स्थानहरूमा हिल तृणमूल कंग्रेसको सांगठनिक सभाहरू आयोजना गरिने भएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement