खरसाङ: २८ नम्बर चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पालाई खरसाङ टाउन कमिटीको प्रमुख सल्लाहकार नियुक्त गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीलाई सांगठनिक रूपमा अघि बढाउन हेतु खरसाङ महकुमा कार्यालयमा खरसाङ महकुमा समितिको मूल सचिव प्रणाम रसाइलीले खरसाङ टाउन कमिटीद्वारा सराहनीय कार्य भईरहेकाे जानकारी दिन्दै टाउन कमिटीको सदस्यहरुको उपस्थितिमा २८ नम्बर चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पालाई उनको संगठनप्रतिको इमान्दारिता, लगनशीलता र अनुभवलाई मध्य नजर राखेर टाउन कमिटीकोे प्रमुख सल्लाहकारको रूपमा नियुक्ति पत्र प्रदान गरोका छन्। यस सभामा टाउन कमिटीको सदस्यहरूले खदा लगाएर स्वागत गरे। यस अवसरमा सभासद श्याम शेर्पाले केन्द्रीय अध्यक्ष अनित थापाले टाउन कमिटीलाई सहयोग गर्नु भनीलदिएको आदेशलाई सहृदय स्वीकार गरी टाउन कमिटीलाई सुचारु अनि सुदृढ बनाउनकोे निम्ति सदैव नै कुनै प्रकारको हस्तक्षेप नगरी सुझाव सल्लाह दिने बताएका छन्। सभासद भएको कारण समष्टि लगायत वार्डहरूमा सामाजिक तथा प्रोत्साहन गर्ने उद्देश्यले मेरो तर्फबाट जति पनि कार्यक्रमहरु आयोजन गरिएको हुन्छ त्यसमा एकजुट भएर कार्य गरी उच्च नेतृत्त्वहरूलाई राम्राे परिणमा दिनुपर्छ भनी बताएका छन्। यस कार्यक्रमसंगै हर घर झण्डा कार्यक्रमलाई अघि बढाउँदै टाउन कमिटीद्वारा सम्पूर्ण वार्डको प्रतिनिधिगणलाई पार्टीकोे झण्डा वितरण गर्ने कार्य शुरू गरेको छ।

आजको यस कार्यक्रममा महकुमा समितिको कार्यालय सचिव भीम तामाङ, टाउन कमिटीको कार्यवाहक सभापति सन्दिप बल, कार्यवाहक सचिव बीरबल पाखरीन लगायत अन्यहरू उपस्थित रहेका थिए भनी प्रचार प्रसार सचिव सञ्जय रावतले जानकारी गराएका छन्।