खोरीबारी: रेलले किच्याएर आज एकजना व्यक्तिको मृत्यु भएको छ। खोरीबारी खण्ड अन्तर्गत पानीट्याङ्की गौरसिंह जोत इलाकामा यो घटना घटेको हो। रेलको चपेटमा पर्ने मृतक नक्सलबारी बेंगाई जोत निवासी फूलबाबु (३५) रहेको जानकारी प्राप्त भएको छ। स्थानीय मानिसहरुको भनाई अनुसार शुक्रवार राती स्थानीय मानिसहरूले उक्त व्यक्तिको शव देखेपछि पुलिसलाई यसबारे जानकारी गराए। घटनाको खबर पानासाथ पानीट्याङ्की पुलिस घटना स्थलमा पुगे।त्यसपछि उनओहरुले तत्काल जीआरपी लाई घटनाबारे सूचना दिए। खबर पाउन साथ जीआरपी घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्याए।त्यसपछि उनीहरुले त्यो मृतक शरीर पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।